परिचय

सर्वसाधारण जनताको निमित्त सस्तो, सुलभ र भरपर्दो,जनप्रिय,बिश्वासनिय यातायात सेवा सञ्चालन गर्ने मूल उदेश्य लिएर २०१८ साल चैत्र ३ गते बुधवारका दिन तत्कालीन सहकारी संस्था ऐन २०१६ अन्तरर्गत प्रारम्भिक सहकारी संस्थाको रुपमा साझा यातायात दर्ता भएको हो। स्थापना भएको चार महिनापछि २०१९ साल श्रावण १ गते देखि संस्थाले काठमाडौ शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रदान गर्न शुरु गर्‍यो। यस संस्थाको संस्थापन अध्यक्षमा श्री बिश्वबन्धु थापा रहनु भएको थियो। साझा यातायातमा नेपाल सरकारका मन्त्रालयहरु तथा बिभागहरु,बिभिन्न संघ संस्थाहरु र सर्व साधारण जनताहरुको समेत शेयर लगानी रहेको छ। सहकारीताको मुल्य र मान्यता अनुसार प्रत्येक बर्ष सम्पन्न हुनु पर्ने बार्षिक साधारण सभा बिगत २०२३ साल पछि विविध कारणले गर्दा २०६१ साल कार्तिक २२ गते आईतबार संस्थाको चौथो साधारण सभा सम्पन्न भयो। त्यसै गरी २०६४ साल भाद्र १६ गते आईतवार संस्थाको पाचौं, २०६६ श्रावण ११ मा छैठौं, २०६७ साल फागुन २० गते शुक्रवारका दिन संस्थाको सातौं साधारण सभा सम्पन्न भई सकेको छ। संस्थाको संशोधित विनियममा भएको ब्यबस्था बमोजिम २०६८ साल जेष्ठ ६ गते शुक्रवारका दिन संस्थाको बिशेष साधारण सभा सम्पन्न भई सोही सभाबाट श्री कनकमणि दीक्षितको अध्यक्षतामा सर्वसाधारण शेयर सदस्यको तर्फबाट श्री शंकर राज जोसी,श्री भुषण तुलाधर,श्री बिनोद कुमार अधिकारी र श्री बन्दना थापा सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित हुनु भयो। त्ससै गरी नेपाल सरकारको तर्फबाट सहकारी बिभागका रजिष्ट्रार र यातायात ब्यबस्था बिभागका महार्निदेशकले प्रतिनिधित्व गरी आउनु भएको छ।

साझा यातायातले सडक यातायात सञ्चालन भएका नेपालका बिभिन्न ठाउंहरुमा यात्रु बस सेवा बिस्तार गरेको थियो। साझा यातायात संग १८३ वटा बसहरु थिए। साझा यातायात नेपाल सरकार मन्त्री परिषदको २०५८ मंसिर १५ को निर्णय अनुसार २०५८ माघ ११ देखी विघटन गरी लिक्वीडेशनमा लगिएकोमा संस्था विघटनका विरुद्ध श्री पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरिएकोमा श्री पुनरावेदन अदालत पाटनको २०५९ माघ १५ को निर्णय अनुसार साझा यातायात पूर्नस्थापना भई पूनः सञ्चालनमा आएको हो। साझा यातायातको २०६० बैशाख देखि पूर्नस्थापना भए पश्चात काठमाडौबाट पोखरा, भैरहवा र बीरगंज, कलैया, पाल्पा, तौलिहवा, बाग्लु, बेनी, र गोर्खा लगायतका स्थानमा आङ्गनो सेवा विस्तार गरेको थियो। उपत्यकामा पनि बिहान पशुपतिदर्शन सेवा संचालन गर्दै आएको थियो। संस्थाको ब्यानरमा काठमाडौ देखि ल्हासा,काठमाडौ देखि दिल्लीमा अन्तराष्टि्रय बस सेवा संचालन भएका थिए। त्यसै गरी संस्थाकै ब्यानरमा काठमाडंौको चक्रपथमा करिब ५० वटा बसहरु संचालन भएका थिए। काठमाडौ देखि पोखरा,बिरगंज, भैरहबामा करिब २० वटा माइक्रोबसहरु संस्थाको ब्यानरमा संचालन भै राखेका थिए। बिभिन्न कारणबाट २०६४ जेष्ठ देखी साझा यातायातका सबै सेवाहरु अबरुद्ध भए।

साझा यातायातको स्थायी सम्पतिको रुपमा स्व.श्री जगदम्वा देबी राणा द्धारा यस संस्थाको स्थायित्व र विकासका लागि सहयोग स्वरुप प्रदान गरेको पूल्चोक ललितपुर स्थित करिब २२ रापनी जग्गा र सोमा निर्मित यस संस्थाका नयंा भवनहरु रहेका छन्। यस संस्थालाई नयंा तरिकाबाट सञ्चालनमा ल्याउनका लागि बिशेषज्ञद्धारा अध्ययन भै प्रतिबेदन समेत प्राप्त भै सकेको छ। अध्ययन टोलीबाट प्राप्त प्रतिबेदनका आधारमा नयंा ब्यबस्थापनका साथ सञ्चालन गरिने लय राखिएको छ। त्यसै गरी संस्थाको स्थायी सम्पति घर जग्गालाई लिज तथा भाडामा लगाई संस्याको ब्यबस्थापन खर्च ब्यबस्था गरिएको छ। भविष्यमा यंस्थाको पूल्चोक स्थित जग्गामा सरकारी तथा नीजि साझेदारीको रुपमा ठुलो ब्यापारिक भवन बनाउने, संस्थामा रहेको भौतिक पूर्बाधारको ब्यापक मात्रामा परिचालन गर्ने, नंया बस खरिद गरी सार्बजनिक यातायातको रुपमा संचालन गर्ने लय लिईएको छ।

साझा यातायातले प्रथम चरणमा काठमाडौ उपत्यका भित्र १६ वटा ठुला बसहरुबाट सार्वजनिक यातायात सेवा सञ्चालन गरिएको छ। त्यस्तै उपत्यका बहिरका नेपालका बिभिन्न शहरहरु तथा ग्रामिण सडकहरुमा दोस्रो चरणमा सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ। तेस्रो चरण अर्न्तगत मित्र राष्ट्रका बिभिन्न शहरहरुमा राष्टि्रय ध्वजावहाकको रुपमा अन्तराष्टि्रय बस सेवा समेत नेपाल सरकारको सहयोगमा साझा यातायात सञ्चालन गर्ने प्रमुख उद्देश्य रहेको छ। साझा यातायातलाई अब नमुना सार्वजनिक यातायातको रुपमा अगाडी बढाउने र जनतालाई सस्तो शुलभ,भरपर्दो, समयबद्ध सुरक्षित यातायातको सुबिधा प्रदान गर्ने योजना रहेको छ।

नेपाल सरकारका मुख्य सचिब श्री लिलामणि पौडेलज्युबाट २०६९ चैत्र मसान्तमा बस पुन: आरम्भ बिशेष कार्यक्रमको प्रमुख आतिथ्य ग्रहन गरी भब्य समारोह्का बिच बस सन्चालनको पुन: आरम्भ गरियो। साथै नयाँ बर्ष २०७० को मिर्मिरे बिहानि सँगै काठमाडौंका दुई वटा महत्वपूर्ण रूट्मा नेपाल सरकारबाट रूट इजाजत प्राप्त गरी शहरी बस सेवा सन्चालनमा ल्याएको छ । हाल इजाजत प्राप्त रूटहरूमा लगनखेल- लैन्चौर- टिचिङ- नयाँ बसपार्क, त्यस्तै कलंकी- त्रिपुरेश्वर- बानेश्वर- एअरपोर्ट दुईतर्फी बस सेवा सन्चालनमा आएको छ ।